नियम १५
स्थानीय निकायले जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सक्ने -
१) स्थानीय निकायले चाहेमा प्राधिकरणको स्वीकृति लिई आफ्नो क्षेत्रभित्रको कुनै भागमा जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।
(२) जग्गा विकास कार्यक्रम सञ्चालन गर्दा स्थानीय निकायलाई ऐन तथा यस नियमावली बमोजिम प्राधिकरणलाई भए सरहको अधिकार हुनेछ र स्थानीय निकायले त्यस्तो जग्गा विकास कार्यक्रम सञ्चालन गर्दा ऐन तथा यस नियमावली बमोजिम प्राधिकरणले अपनाउनु पर्ने कार्यविधि र अन्य व्यवस्थाको पालना समेत गर्नु पर्नेछ ।
(३) यस नियम बमोजिम जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने स्थानीय निकायलाई प्राधिकरणले प्राविधिक तथा आर्थिक सुविधा उपलब्ध गराउन सक्नेछ ।